२०८२ श्रावण ४ गते, दोलखा जिल्ला बिगु गाउँपालिका–२, साविक वडा नं. २ यार्सा निवासी कादोर्जे तामाङको घरमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको थियो। घर पुनःनिर्माण गर्नुपर्ने अवस्थाको बीचमा, सफल भविष्य युवा समाज ले राहतस्वरूप सानो सहयोग हस्तान्तरण गरेको छ।
यस समाजका सक्रिय सदस्यहरूले संकलन गरेको रु. ८,२००/- (अक्षेरुपी आठ हजार दुई सय रुपियाँ मात्र) सहयोग रकम पीडित परिवारलाई कादोर्जे तामाङकी श्रीमतीको हातमा नगद रूपमा बुझाइएको छ।
🙏 हाम्रो सानो सहयोगले पीडित परिवारलाई पुनःस्थापना र पुनर्निर्माणमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
"I wish your village to prosper, hopefully more young people can gain new knowledge and skills to succeed in their careers. The most important is keeping a good attitude and working hard."
नगत सहयोग रु. १३,६८०/-
हाम्रो "सफल भविष्य युवा समाज" संस्थाले इटाली स्थायी घर भई हाल कम्बोडियामा बसोबास गर्दै आउनु भएका अन्तराष्ट्रिय घर-जग्गा व्यवसायी श्री Ivan Musto ज्युबाट १०० अमेरिकी डलरको आर्थिक सहयोग प्राप्त गरेकोमा हार्दिक आभार प्रकट गर्दछौं। उहाँको कम्पनी Musto Invest in Cambodia ले कम्बोडियामा दीर्घकालीन लगानी र सामाजिक उत्तरदायित्वमा विशेष योगदान पुर्याउँदै आइरहेको छ। हाम्रो संस्थाको लक्ष्य तथा गतिविधिप्रति उहाँले देखाउनु भएको विश्वास र साथले हामीलाई अझ प्रेरित बनाएको छ। उहाँप्रति हार्दिक सम्मान तथा भविष्यमा निरन्तर साथको कामना गर्दछौं।
रु. ५०००
रु. ५०००
रु. ५०००
रु. २५००
रु. २५००
रु. १०००
रु. ५००