हाम्रो संस्था कुनै पनि राजनीतिक दल वा विचारधारासँग आवद्ध छैन। हामी पूर्ण रूपमा स्वतन्त्र, युवा शक्तिबाट प्रेरित, र निस्वार्थ सेवाभावका साथ समाजको विकास र समृद्धिका लागि काम गरिरहेका छौँ। हामीलाई हाम्रो उद्देश्य र नीतिमा सबै सदस्यहरूको सहयोग र सहभागिता आवश्यक छ। संस्थाको उद्देश्यलाई स्पष्ट बनाउँदै, कृपया सबैले राजनीति वा व्यक्तिगत स्वार्थलाई अलग राख्दै, साझा उद्देश्यप्रति प्रतिबद्ध रहनुहोला।